जलश्रोतमा जिल्लाबासिको सहभागिता बढाउन पहल गर्छूः उर्जामन्त्री खड्का - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

जलश्रोतमा जिल्लाबासिको सहभागिता बढाउन पहल गर्छूः उर्जामन्त्री खड्का


editor@sajhakura September 10, 2024

संखुवासभा भाद्र २५
उर्जा जलश्रोत तथा सिंचाईं मन्त्री दीपक खड्काले संखुवासभाको संबृद्धिको मुल आधार नै जलश्रोत भएकाले जलश्रोतमा संखुवासभालिको पहुँच बढाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने वताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा संखुवासभाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खड्काले अपर अरुणमा जिल्लावासिलाई प्रतिपरिवार ५ लाखको शेयर उपलब्ध गराउने सम्वन्धमा आफुले सक्दो प्रयास गर्ने बताएका हुन् । उनले शेयर हाल्न नसक्ने परिवारकालागि सरकारका तर्फबाट सहुलियतमा ऋण वा श्रममा कन्भर्ट हुने गरि शेयर दिलाउने ब्यवस्था मिलाउन लागि पर्ने धारणा राखे ।
यसै बिच डेडिकेटेड तथा ट्रंकलाइन विवादको सम्वन्धमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै यो बिषय अव चाँडै टुङ्गिने अवस्थामा पुगको जनाए । उनले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद २०७२ साल देखिकै समस्या भएको र यो विषयमा संसदको लेखा समितिमा छलफल भएकाले केहि समय लाग्ने जानकारी गराए ।
विद्युत प्राधिकरण र मन्त्रालयबीचको सम्बन्धका विषयमा नराम्रो भास्य श्रृजना गर्न नहुने भन्दै प्राधिकरण मन्त्रालयको सानो अंग वा निकाय मात्र भएको धारणा राखे ।
जलश्रोतको उपयोग र सहि सदुपयोगबाट मात्रै मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने र बिजुली निर्यात नै नेपालको अर्थतन्त्रको सबैभन्दा दिगो र बिश्वासिलो आधार भएकोमा जोड दिनुभएको थियो । मन्त्री खड्काले जनताको आसा अपेक्षा पुरा गर्न गणतन्त्र, लोकतन्त्र र राजनितिक स्थाईत्वका लागि ठुला दल बिच सहकार्य भएको खुलासा गरेका थिए ।

यसैबिच उर्जामन्त्री खड्कालाई चैनपुरमा समेत स्वागत गरिएको छ । खराङ्ग र चैनपुरमा भएको स्वागत तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्र्दै मन्त्री खड्काले उर्जा, जलश्रोत तथा सिंचाईंको बिकासका लागि आफुले देखिने गरि काम गर्न चाहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *