जलाउन घाटमा पुर्‍याएको शव प्रहरी नियन्त्रणमा, श्रीमानसहित ३ जना पक्राउ - साझाकुरा

जलाउन घाटमा पुर्‍याएको शव प्रहरी नियन्त्रणमा, श्रीमानसहित ३ जना पक्राउ


admin September 28, 2023

मलंगवा, सर्लाहीको रामनगर गाउँपालिकामा जलाउन घाटमा पुर्‍याएको एक महिलाको शवलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ।

रामनगर गाउँपालिका वडा नं १ खैर्वाका सुनिल साहकी २१ वर्षीया श्रीमती मनिषा साहको शवलाई जलाउन घाटमा पुर्‍याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। जलाउनका लागि खोलामा लगिसकेको अवस्थामा शवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटना संकास्पद लागेपछि शवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिए।

मनिषाको श्रीमान सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक नरेश राज सुबेदीले जानकारी दिए। ‘घाँटीमा निलडाम जस्तो देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ’, प्रहरी उपरीक्षक सुबेदीले भने, ‘थप कुराहरु पोष्टमार्टम रिपोर्टमा थाहा हुन्छ।’

मनिषाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *