जहाज दुर्घटनाः क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो, सबै सौर्यकै कर्मचारी - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

जहाज दुर्घटनाः क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो, सबै सौर्यकै कर्मचारी


editor@sajhakura July 24, 2024

साउन ९,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परि १८ जनाको ज्यान गएको छ । जहाजका क्याप्टेन जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरि अहिले केएमसी अस्पतालमा लगिएको छ । शाक्यको टाउकोमा चोट लागेको छ । दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए ।

दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाल प्रहरीले भने १५ जनाको ज्यान गएको र चार जनाको उद्धार गरिएको जनाएको छ ।

जहाज आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको थियो । इन्जिन परीक्षणका लागि प्राविधिक र इन्जिनियर सहित जहाज पोखरातर्फ उड्न लागेको पारंभिक जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *