जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु भएर फेरि अहिले ४:३२ बजे ५.८ रेक्टरकाे भुकम्प गएकाे छ । भुकम्पबाट थप क्षति पुगेकाे छ ।
भूकम्पपछि स्थानीयहरु खुल्ला ठाउँ र चाैतारामा बसिरहेका छन् ।
गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर गएको भूकम्पकाबाट जाजरकोट र रुकुम पश्चिममा गरि १ सय ५३ जनाको ज्यान गएको थियाे भने अरबाैंकाे भाैतिक संरचनामा क्षति पुगेकाे थियाे ।
आज गएकाे भुकम्पले कुनै मानविय क्षति नपुगेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।