जाजरकोट भुकम्पः मृतकका परिवारलाई दुई लाख - साझाकुरा
शनिबार, असार ३०, २०८१

जाजरकोट भुकम्पः मृतकका परिवारलाई दुई लाख


editor@sajhakura November 5, 2023

आईतबार बसेको मन्त्रिपरिषद बैठकले भुकम्पका कारण मृत्यु भएकाको परिवारलाई तत्कालका लागि रु दुई लाख उपलब्ध गराउने घोषणा गरेको छ ।
मन्त्रिपरिषदको आजको आकस्मिक बैठकले भुकम्पका कारण मृत्यु भएका परिवारलाई तत्कालका लागि रु दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।
जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रवार राती ६।४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरि १ सय ५७ जनाले ज्यान गुमाएका थिए । त्यसैगरि उत्त भुकम्पमा परि २ सय बढि घाईते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *