जाजरकोट र रुकुममा ज्यान गुमाउनेको संख्या १ सय ३६ जना पुगेको छ ।
गएराति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भुकम्पबाट ज्यान जानेको संख्या शनिवार मध्यान्ह १२ बजे सम्म १ सय ३६ पुगेको हो । ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९७ जना र रुकुमपश्चिममा ३९ गरी १ सय ३६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
भूकम्पमा परेर अहिलेसम्म एक सय ५० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । जाजरकोट र रुकुममा हिजो राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा सैयौं घरहरु भग्नावशेसमा परिणत भएका छन् ।
हताहति, घाइते र बेपत्ता भएकाको खोजि उद्धार र उपचारको काम भइरहेको प्रहरीले जनाएको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । त्यसपछि पनि त्यहाँ निरन्तर पराकम्पहरुको महसुस गरिएको संचारमाध्यमहरुले जनाएका छन् ।