जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खा सम्मानीत खेलक्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः प्रशिक्षक याख्खा - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खा सम्मानीत खेलक्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः प्रशिक्षक याख्खा


editor@sajhakura February 13, 2025

संखुवासभा फागुन १
जिल्ला कराँते महासंघ संखुवासभाले जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खालाई सम्मान गरेको छ ।
बिहिबार खाँदबारी नगरपालिकाको सभाहलमा एक भब्य अन्तरक्रिया तथा स्वागत कार्यक्रमको आयोजना गरि संघले उनलाई सम्मान गरेको हो । धनकुटा स्थाई घर भै हाल काठमाण्डौमा खेल क्षेत्रमै क्रियाशिल प्रशिक्षक याख्खाले २०५१ साल देखि २०६० सालसम्म करिव १० बर्ष संखुवासभाको सदरमुकाम खाँदबारीलाई कार्यक्षेत्र बनाई पाँच सय बढि कराँते खेलाडी उत्पादनमा योगदान दिएको भन्दै संखुवासभाको सितोरिया कराँते महासंघले आज उनलाई सम्मान गरेको हो ।
लामो समय पछि संखुवासभा आईपुग्नुभएका कराँते प्रशिक्षक याख्खाको सम्मानका लागि सितोरियो कराँते प्रशिक्षणमा रहेका प्रशिक्षक र एक सय ५० बढि प्रशिक्षार्थीहरुले उनलाई खेल कौशल प्रदर्शन मार्फत स्वागत गरेका थिए ।
संखुवासभामा ३० बर्ष अघि पहिलो पटक सितोरियो कराँते भित्र्याएका प्रशिक्षक सन्तोष याख्खाले आफुले रोपेको बिरुवा हुर्किएर उनिहरुबाटै अहिले आफु सम्मानित हुन पाउँदा गर्ब लागेको भन्दै खुशी ब्यक्त गरेका थिए ।
खेलक्षेत्रमा लागेर आफुले राष्ट्रिय र अन्तराष्ट्रिय स्तर सम्म सहभागि हुने अवसर पाएको र खेलाडीलाई पनि राष्ट्रिय स्तर सम्मको प्रतियोगितामा प्रतिश्पर्धा गराउन सफल भएकोमा खुशी ब्यक्त गर्दै खेलक्षेत्रको बिकासका लागि सरकारले प्राथमिकताका कुनै दिगो योजना अघि ल्याउन नसकेकोमा दुखेसो समेत ब्यक्त गरे ।
सरकारले खेल क्षेत्रलाई आकर्षणको क्षेत्रका रुपमा कहिल्यै लिन सकेन, स्वास्थ्य नागरिक उत्पादन, बिकासका लागि सुगठित, स्वस्थ, अनुशासित र गतिशिल नागरिक उत्पादन राज्य मौन रह्यो । उनको आरोप छ ।
अहिले खेल क्षेत्रमार्फत देशलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गरेका खेलाडीहरुका बारेमा राज्यले चासो राख्नुपर्ने प्रशिक्षक याख्खाको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *