भाद्र १४, आगामी सेप्टेम्बर ९ र १० तारिखमा नयाँ दिल्लीमा हुन गैरहेको जी –२० शिखर सम्मेलनलाई लक्षित गरि नयाँ दिल्लीले बाँदर नियन्त्रणको कार्य शुरु गरेकोे छ ।
बाँदरको बढ्दो संख्याले जी–२० को शिखर सम्मेलनलाई अवरोध पुर्याउन सक्ने भन्दै नयाँ दिल्ली प्रशासनले बाँदर नियन्त्रणको कार्य शुरु गरेको हो । त्यहाँका प्रशासनले बाँदर नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाईरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
हज्जारौंको संख्यामा रहेका ढेडु बाँदरले नयाँ दिल्लीमा आतंक मच्चाउने गरेका छन् । बटुवामाथी आक्रमण गर्ने, महिला बालबालिका र बृद्धबुद्धालाई आक्रान्त बनाउनुका साथै बिभिन्न समारोहहरु बिथोल्ने गर्दैआएका छन् ।
शिखर सम्मेलनलाई ब्यवस्थीत रुपमा सम्पन्न गर्ने क्रममा बाँदर आतंक रोक्न नयाँ दिल्ली प्रशासनले विभिन्न जनावरको स्वर निकाल्ने सैयौं मानिसलाई ठाउँ–ठाउँमा खटाउने तयारी समेत गरेका छन् ।
बाँदरलाई अन्यत्रै आकर्शित गर्न र अल्मल्याउन उनिहरुको मुख्य बासस्थानमा खानेकुराको पुर्ण ब्यवस्था गर्ने लगायतका कामहरु गर्ने जनाएको छ ।
आगामी सेप्टेम्बर ९ र १० तारिखमा नयाँ दिल्लीमा हुनगैरहेको शिखर सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका लगायत अन्य देसका प्रमुख तथा प्रतिनिधीहरुको उल्लेख्य उपस्थीति रहने बताइएको छ ।
