जुवा खेलमा बिबाद हुँदा हत्या - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

जुवा खेलमा बिबाद हुँदा हत्या


editor@sajhakura July 16, 2024

सिन्धुलीमा जुवा खेल्ने क्रममा विवाद हुँदा एकजनाको हत्या भएको छ । सिंन्धुलीको घ्याङलेख हायुटारबाट रामपुर जाने बाटोमा पर्ने मिलनचोकमा भएको जुवाखेलमा बिवाद हुँदा घ्याङलेख गाउँपालिका २ चालिसेवगरका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको हत्या भएको प्रहरिले जनाएको छ ।

जुवा खेलमा सापटी दिएको पैसा मागेको विषयलाई लिएर भएको विवादमा घ्याङलेख गाउँपालिका २ का ३० वर्षीय आशमान वाईवा र ३८ वर्षीय भुण्टे भनिने ज्ञानबहादुर वाइवालगायतले चिर्पटले हानेर बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काठकोचिर्पट प्रहारबाट गम्भीर घाइते बुढाथोकीलाई राति नै इलाका प्रहरी कार्यालय वस्तीपुरको टोलीले उपचारका लागि वस्तीपुर स्वास्थ्य चौकी पुर्याएकोमा उनको उपचारकै क्रममा निधन भएको थियो ।

मृतक बुढाथोकीको पेट,खुट्टा,दायाँ गालाको कञ्चटमा चोट लागेको र नाकबाट रगत बगेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो । घटनामा संलग्न आशमान र ज्ञानबहादुरलाई घ्याङलेख गाउँपालिका २ को एक घरमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाको सम्वन्धमा थप अनुशन्धान भैरहेको प्रहरीको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *