जेलमा रहेकी ईरानी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलेले यस बर्षको नोवेल शान्ति पुरस्कार प्राप्त गरेकि छिन ।
महिलाविरुद्ध हुने हिंसा र दमनविरुद्ध तथा सबैका लागि मानवअधिकार र स्वतन्त्रताका लागि उनले पुर्याएको योगदानका लागि उनलाई पुरस्कृत गरिएको बिबिसिले जनाएको छ ।
उनी हाल तेहरानस्थित इभिनमा जेल जिवन बिताईरहेकी छिन् । यो जेलमा उनि संगै सैयौंको संख्यामा सरकारविरोधी प्रदर्शनकारी, राजनीतिक बन्दी, पत्रकार र देस बिरुद्ध गतिबिधी गर्ने विदेशी नागरिकलाई थुनामा राखिएकोछ। बिभिन्न अभियोग लगाई इरान सरकारले उनलाई १३ पटकसम्म पक्राउ गरि जेलमा राख्दै आएको छ । जसमध्ये उनी पाँच पटकसम्म त्यहाँको कानुन अनुशार दोषी ठहर भएकी छन्। उनलाई अहिले ३१ वर्ष जेल सजाय तोकिएको छ। ईरानको जेलमा रहेकी उनलाई दिईएको नोबेल शान्ति पुरस्कार सम्पूर्ण इरानी जनताको जितको बलियो प्रमाण भएको उनको परिवारले जनाएको छ ।
गत वर्ष बेलारुसका मानव अधिकारकर्मी एलियास बिलियाट्स्की, रुसी मानव अधिकार संगठन मेमोरियल र युक्रेनी मानवअधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीजलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।