दक्षिण अफ्रिकाको ठूलो सहर जोहानेसबर्गको आगलागिमा परि ६५ जनाको मृत्यु भएको छ ।
त्यहाँ रहेको एक पाँच तले भवनमा अकस्मात आगलागि हुँदा ६५ जनाको मृत्यु भएको छ भने ५० बढि गंभिर घाईते भएको बीबीसीले उल्लेख गरेको छ ।
आगलागि पश्चात आग्नी नियन्त्रण र उद्धारमा खट्ने दर्जन बढि उद्धारकर्ता र सहयोगिहरुको समेत ज्यान गएको बताईएको छ ।
त्यहाँका आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउजीले आफ्नो २२ वर्षे सेवा अवधीमा यति बिनासकारि आगलागि कहिल्यै नदेखेको भन्दै दुख ब्यक्त गरेका छन्
जोहानेसवर्ग दक्षिण अफ्रिकाकै सवैभन्दा ठुलो र अति ब्यस्त सहर मानिन्छ ।
यो सहर जोहानेसवर्गको प्रमुख आर्थिक एवम् व्यापारिक केन्द्रका रुपमा रहेको प्रवक्ता मुलाउजीले बताए । उनले उक्त भवनमा अझैपनि पुरिएका शवहरु हुनसक्ने भन्दै खोजि कार्य जारिरहेको जानकारी दिए । उनले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भैरहेको बताए ।