झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो


editor@sajhakura September 28, 2024

असाेज १२

काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।
शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए ।

त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *