बिश्वको उदियमान छवी भएका १०० नेताक ारुपमा नेपालका बालेन शाह पनि पर्न सफल भएका छन् ।
बिश्वप्रशिद्ध टाइम म्यागेजिनले सन् २०२३ का विश्वका उदीयमान एक सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र अर्थात बालेन शाहको नाम समेत समावेश गरेको हो ।
टाईम म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहको नाम समावेश गरेपनि यतिवेला काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहको नम पुन एक पटक चुलिएको छ ।
संसारका प्रभावशाली सय व्यक्तिहरुको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची प्रकाशन गरि बिश्वब्यापी प्रचारप्रसार गर्न शुरु गरेको हो ।
टाईम्स म्यागेजिनले प्रत्येक वर्ष विभिन्न ६ विधामा विश्वका १०० प्रभावशाली व्यक्तिको सूची गर्दैआएको छ । जसमा
वैज्ञानिक, विभिन्न संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्षयात्रीसहितका व्यक्तिहरु परेका छन् ।
टाइमले २०७९ वैशाखको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेका स्ट्रक्चरल इन्जिनियर ३३ वर्षीय शाहले यथास्थिति प्रतिको मतदाताको आक्रोशलाई टिकटक, ट्विटर र इन्टाग्रामको मद्दतले उपयोग गर्दै बालेन इफेक्ट सिर्जना गरेको उल्लेख गरेको छ । त्यसैको परिणामस्वरुप देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारहरुले अनुभवी राजनीतिज्ञहरुलाई पराजित गर्न सफल भएको जनाएको छ ।
टाइमले चुनावी अभियानका क्रममा उनले २०१५ को भूकम्पको अझै प्रभाव कायमै रहेको काठमाडौंमा हेर्दा साधारणजस्ता लाग्ने फोहोर मैला तथा सरसफाईको को उचित प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता पुरा गर्ने चरणमा पुगेको उल्लेख गरेको छ ।
टाइमको सूचीमा सबैभन्दा कम उमेरमा युरोपेली संसदको अध्यक्ष बनेको रोर्बटा मेट्सोला, स्कटल्यान्डका फष्ट मिनिस्टर हम्जा युसुफ, त्यसैगरी युक्रेनको प्रथम उपप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियेन्का, भारतीय महिला क्रिकेट खेलाडी हर्मनप्रित कौर, अमेरिकाको वातावरण संरक्षणका प्रमुख प्रशासक माइकल रेगन, ग्रामी अवार्ड जित्ने गायीका केल्सी बलेरिनी, पुलिट्जर पुरस्कार बिजेता पत्रकार मोना चलाबी, भारतको केरलाका आर्किटेक्चर भिनु ड्यानिअल, आफ्नो पहिलो प्रतियोगतामै लेडिज प्रोफेसनल गल्फ एसोसिएसनको उपाधि जित्ने रोज झाङ छन् । त्यसैगरी आगामी वर्ष अमेरिकाले चन्द्रमा पठाउने चार अन्तरिक्ष यात्री मध्येका एक भिक्टर जे ग्लोभर पनि उक्त सूचीमा पर्न सफल भएका छन् ।