टाेल बिकास संस्थाद्वारा बाद्यबादन सामग्रि हस्तान्तरण - साझाकुरा
शनिबार, असार ३०, २०८१

टाेल बिकास संस्थाद्वारा बाद्यबादन सामग्रि हस्तान्तरण


editor@sajhakura December 14, 2023

खाँदबारी १ स्थित ढाेलबाजे र पसल गाउँ टाेल बिकास संस्थाले २०८० सालको देउसी भैलो कार्यक्रमबाट उठेको रकमबाट मन्दिरलाई बाद्यबादन सामग्रि प्रदान गरेका छन् ।

गएकाे तिहारमा खेलिएकाे देउसि भैलाेबाट संकलित ३० हजार रकमबाट जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको प्रभावेश्वर शिवालय मन्दिरका लागि आवश्यक १ थान स्पिकर, मादल १ थान, १ थान खैजडी, १ थान झ्याली झ्याम्टा लगायतका सामाग्रीहरु प्रदान गरिएकाे ढाेलबाजे टाेल बिकास संस्थाका अध्यक्ष सुरेन शाक्यले जानकारी दिए ।

बेदपाठ, चण्डीपाठ, सत्यनारायण, तुलसीपूजा, समग्र हवन कार्यक्रमको अवसर पारेर बिहिबार मन्दिर व्यवस्थापन समिती अध्यक्ष उत्तम दाहाललाई उक्त सामग्रिहरु हस्तान्तरण गरिएको शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *