नयाँ दिल्लीः उत्तर सिक्किमको टिस्टा नदीमा बाढी आउँदा २३ जना सैनिक बेपत्ता भएका छन्। प्रशासनले आसपासका मानिसहरूलाई सतर्क रहन आग्रह गरेको छ।
खोजी अभियान जारी छ।
गुवाहाटीका डिफेन्स पीआरओका अनुसार उत्तरी सिक्किमको लोनाक तालमा अचानक बाढी आएको थियो। २३ सैनिक बेपत्ता हुनुका साथै ४१ सवारी साधन माटोमा पुरिएका छन्।
चुङथाङ बाँधबाट पानी छोडेपछि तलाउमा पानीको बहाव एकाएक १५ देखि २० फिट उचाइमा पुगेको थियो । जसका कारण सिङ्ताम नजिकै बर्दाङमा पार्किङ गरिएका सेनाका ४१ सवारी साधन पुरिएको हो।
सरकारी संयन्त्रको प्रयोग गरी जनताको ज्यान जोगाइएको छ। केही व्यक्ति बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको छ।