टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सिंगापुरमाथि नेपालको जीत - साझाकुरा
सोमवार, असार ३०, २०८२

टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सिंगापुरमाथि नेपालको जीत


editor@sajhakura October 30, 2023

आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकालेको छ ।
आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको हो ।

सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो ।

टियु क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको थियो ।

सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

टी–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली क्षेत्रको छनौट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु भएको हो ।
आठ टोली सहभागी प्रतियोगितामा समुह चरणका खेलहरु कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।
समूह ‘ए’ मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
दुबै समुहबाट शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली टि–ट्वेन्टी विश्वकप क्रिकेटका लागि छनौट हुनेछन् ।
टि–ट्वेन्टी विश्वकप क्रिकेट अर्को वर्ष जुन ४ देखि ३० तरिखसम्म अमेरिका र वेष्ट इंडीजमा आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *