टि–ट्वेन्टी विश्वकप छनौटमा आज नेपाल र ओमान भिड्दै - साझाकुरा
शनिबार, असार ३०, २०८१

टि–ट्वेन्टी विश्वकप छनौटमा आज नेपाल र ओमान भिड्दै


editor@sajhakura November 2, 2023

आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्ने भएकाले महत्वका साथ हेरिएको छ ।
जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने ओमान पनि लगातार दुई जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ ।

टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल र ओमानबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ । आजको खेल जित्ने टोलीले अर्को समुहको उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

अर्को समुहको निर्णायक खेलमा आज युएई र हङकङ तथा बहराइन र कुवेत भिड्नेछन् । यो समुहका दुई खेलबाट युएईको चार अंक छ भने बहराइन र हङकङको २–२ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *