टेरामक्स प्रविधि खरिद प्रक्रियाको सबै कागजात ७ दिनभित्र बुझाउन निर्देशन  - साझाकुरा

टेरामक्स प्रविधि खरिद प्रक्रियाको सबै कागजात ७ दिनभित्र बुझाउन निर्देशन 


editor@sajhakura October 13, 2023

सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रिया आरम्भ भएदेखि हालसम्मका सबै कागजात सात दिनभित्र बुझाउन नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। 

प्राधिकरणले अहिलेसम्म टेरामक्स खरिद प्रक्रियामा ५३ करोड रूपैयाँ खर्च गरिसकेको छ। टेलिकम कम्पनीहरूको कारोबार पारदर्शी बनाउन भन्दै प्राधिकरणले टेरामक्स खरिद प्रक्रिया अगाडी बढाएको थियो।

करिब ३ अर्ब रूपैयाँको लागतमा टेरामक्सको खरिद प्रक्रिया अगाडि बढाइएको हो। 
तर, सर्वसाधारणको फोन ट्यापिङ गर्ने यो प्रणाली ल्याउन लागिएको भन्दै यो निर्णयको आलोचना हुँदै आएको छ। केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा यो खरिद प्रक्रिया रोकिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *