ट्रिफरकाे ठक्करबाट एककाे मृत्यु - साझाकुरा

ट्रिफरकाे ठक्करबाट एककाे मृत्यु


editor@sajhakura June 22, 2024

संखुवासभा असार ८

संखुवासभा चैनपुरमा ट्रिफरले मोटरसाइकललाई ठक्कर दिँदा चैनपुर नगरपालिकाका कर्मचारी पदम श्रेष्ठको मृत्यु, भएकाे प्रहरिले जनाएकाे छ ।
सनिवार साँझ ६:३० बजे चैनपुर नगरपालिका वडा नम्बर ८ बानेश्वर स्थित भ्यु होटल नजिक कोशी राजमार्गमा सवारी दुर्घटना भएको थियो ।
चैनपुरबाट खराङ तर्फ जाँदै गरेको प्रदेश१-०२-००१ख ८२४९ नम्बरको टिफरले सोही दिशाबाट जाँदै गरेको को १५प ९८३१ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिँदा माेटर साईकल चालक चैनपुर ७ बस्ने अन्दाजि ५० बर्षिय पदम श्रेष्ठ गम्भिर घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर ल्याई चेकजाँच गर्दा डाक्टरले ७ बजे मृत घोषणा गरेको बताईएकाे छ ।
दुर्घटनामा परेकाे दुबै सवारी साधन अहिले इलाका प्रहरी कार्यालय चैनपुरकाे नियन्त्रणमा छ । ट्रिफर चालक चैनपुर १० खराङ बस्ने बर्ष अन्दाजी ३४ बर्षिय कमानसिंह तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिई थप अनुशन्धान अघि बढाईएकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *