डडेल्धुराको आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। डडेलधुराको आलिताल गाउँपालिका-७ राउजाली बस्ने २२ वर्षीय राजेन्द्र विष्टको खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय,जोगबुडाका प्रहरी निरिक्षक गगन सिंह भांटका अनुसार विद्युको मेन लाइनबाट तार तानेर सुनखोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
शनिबार साँझ करिब ६ बजे करेन्ट लागेर बेहोस भएका विष्टलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो। विष्टको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको अस्पताल श्रोतले जनाएको छ।
उक्त घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरिले जनाएको छ।