डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक


editor@sajhakura October 11, 2023

डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक भएको छ। 
योगविज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४औं कृति हो। यसमा विवाह सम्बन्धी ज्ञान, विज्ञान र मनोविज्ञान समेटिएको छ। 

“यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकांक्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् छ भन्ने मेरो विश्वास छ,” डा. अधिकारीले भने। 
पुस्तकमा अधिकारीले विवाहका विविध पाटालाई केलाएर उत्तम छनोटका लागि मानिसलाई मार्गनिर्देश गरेको प्रकाशक संस्था फाइनप्रिन्टका नीरज भारीले बताए।

भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योगविज्ञान एवम् मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारीका खाने कसरी पिउने कसरी, योग पनि गरौं भोग पनि गरौं, यस्तो होस् जीवनशैली, जिन्दगी रिल्याक्स प्लिज!, संस्कारी बन्ने काइदा, नैतिक सुखवाद र जीवन मूल्यहरू लगायत पुस्तक प्रकाशन भइसकेका छन्।

पुस्तकका लेखक डाक्टर राजु अधिकारी संखुवासभाका स्थायि बासिन्दा हुन् ।

श्राेत: हिमाल खबर डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *