सन् २०२५ को डाइभर्सिटी भिसा (डि.भी.) को लागि आवेदन खुला गरिएको छ। इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न अर्थात् नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट आवेदन खुला गरिएकाे छ।
डिभीको आवेदन नोभेम्बर ७ अर्थात् कार्तिक २१ गतेसम्म भर्न सकिने छ। इच्छुक आवेदकले निःशुल्क आवेदन दिन पाउनेछन्।
अमेरिकी दूतावासका अनुसार आवेदन दिनका लागि कन्सल्टेन्टको आवश्यकता पर्दैन भने आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सक्नेछ।
डि.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौल गर्नेछन्। अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ।
डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारी https://dvprogram.state.gov/ वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइटhttps://np.usembassy.gov/visas/ मा उपलब्ध छ ।
समचार श्राेत: nagariknews.com