डेढ बर्षमा सप्तरीका ४ पालिका प्रमुख निलम्बित - साझाकुरा
शनिबार, असार ३०, २०८१

डेढ बर्षमा सप्तरीका ४ पालिका प्रमुख निलम्बित


admin August 31, 2023

भाद्र १४,निर्वाचित भएको डेढ बर्ष नबित्दै सप्तरीका चार जना पालिकाप्रमुखहरु निलम्बित भएका छन् ।

भ्रष्टाचार गरि पदिय दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी बोदे बरसाइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, राजविराज नगरपालिका मेयर भीमराज यादव, शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्रप्रसाद गुप्ता र विष्णुपुर गाउँपालिका प्रमुख अध्यक्ष उमेशप्रसाद यादव बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेपछि उनिहरु निलम्बनमा परेका हुन् ।

उनिहरुले आफ्नो पदिय आचरणको दुरुपयोग गरि कर्मचारीसंग संलग्न भै बिभिन्न योजनाका रकमहरु मिलेमतोमा भ्रष्टाचार गर्ने गरेको अख्तियारको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *