भाद्र ९
संखुवासभा : ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी चौकी मंगलबारेमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।
मादी नगरपालिका २ मा ड्युटीकै क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीम पुर्याईएकाेमा शनिबार साँझ उनलाई मृत घोषणा गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासी लडेर बेहोस भएका थिए । उनको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानबाट उनको घर सोलुसम्बु लगेर परिवारलाई शव बुझाईने डिएसपी श्रेष्ठले बताए ।