तनहुँ बस दुर्घटनामा मृत्यु भएको १४ को शव निकालियो, - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

तनहुँ बस दुर्घटनामा मृत्यु भएको १४ को शव निकालियो,


editor@sajhakura August 23, 2024

भदौ ७,
तनहुँमा भएको दुर्घटनामा परि मृत्यु हुने १४ जनाको शब निकालिएको छ । आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनाको शव संकलन गरिएको छ भने १६ घाईतेलाई उपचारका लगिएको छ ।
ससस्त्र प्रहरीका अनुशार अहिले सम्म घटनास्थलबाट १४ जनाको शव निकालिएको भने अन्इ १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पुर्याईएको छ ।
उद्धार कार्यमा गोताखोर सहितको टोली खटिएका छन् । प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दाहरु उद्धारका लागि खटिईरहेकाले दुर्घटनाको यकिन तथ्यांङ्क आईनसकेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाए । थापाका अनुशार दुर्घटनास्थल अप्ठेरो ठाउँ भएकाले तुइन रोप अर्थात् डोरीको प्रयोग गरी खोजि तथा उद्धारको कार्य अघि बढाईएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो उक्त बसमा ४० जना रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उद्धार कार्य जारी छ । घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *