तनहुँ बस दुर्घटनामा २७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ।
प्रहरीका अनुसार मृतक २६ जनाको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। एक जनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो बसमा ४३ यात्रु सवार रहेको बताइएको छ।
