तल्लो अरुण जलबिद्युत परियोजनामा करिव एक अर्ब ४० करोड मुआब्जा बाँडिने - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

तल्लो अरुण जलबिद्युत परियोजनामा करिव एक अर्ब ४० करोड मुआब्जा बाँडिने


editor@sajhakura September 1, 2024

फोटो सामाजिक सञ्जाल

संखुवासभामा निर्माण हुने भनिएको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलबिद्युत परियोजनाबाट दुई सय ६८ परिवार प्रभाबित हुने देखिएको छ ।

उक्त आयोजना निर्माण गर्नका लागि करिव ६५ हेक्टर जमिन अधिग्रहण गर्नूपर्ने तल्लो अरुण आयोजनाका निर्माणकर्ता भारतीय सतलज कम्पिनी जनाएको छ । यसबाहेक ७० हेक्टर बन क्षेत्र र ६ हेक्टर सरकारी जग्गा अधिग्रहण गर्नूपर्ने आयोजना पुनर्वास तथा पुनस्र्थापना मस्यौदा प्रतिवेदनमा उल्लेख गरिएको तल्लो अरुण बिद्युत कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले जानकारी दिए ।

उक्त आयोजना निर्माण सम्झौता निश्चित भएपछि प्रभावित क्षेत्रका बासिन्दाहरुसंग निर्माण कम्पनीले छलफल शुरु गरेको छ । आयोजना प्रभावितलाई करिव एक अर्ब ४० करोड मुआब्जा बितरण गरिने जनाईएको छ । नौ सय मेगावाट क्षमताको अरुण तेश्रो जलबिद्युत उत्पादन भैसकेपछि करिव १७ किलोमिटरको सुरुङ्गबाट निश्किएको पानिबाट खाँदबारी २ चेवाबेशीमा तल्लो अरुण आयोजना निर्माण गरिनलागेको हो ।

यो परियोजना पनि ९ सय मेगावाट क्षमताको अरुण तेश्रो निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी सतलजले नै हात पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *