तसलामा बालेको आगो सल्किँदा दुई परिवारका चार जनाको मृत्यु - साझाकुरा
सोमवार, असार ३२, २०८१

तसलामा बालेको आगो सल्किँदा दुई परिवारका चार जनाको मृत्यु


editor@sajhakura November 25, 2023

बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा भएको आगलागीमा दुई परिवारका चार जनाको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । जाडोबाट बच्न तसलामा बालेको आगो सल्किँदा आगलागीमा परि चार जनाको ज्यान गएको प्रहरीको भनाई छ ।

ज्यान गुमाउनेमा भरत चन्दका दुई छोरा १८ महिनाका कार्तिक चन्द, सात वर्षीय कृष चन्द र भरतकी दिदी ३६ वर्षीया राधा बुढा र राधाकी छोरी मानषी बुढा रहेका छन् ।

आगलागीबाट भरतकी श्रीमती करिश्मा चन्द गम्भीर घाइते हुनुभएको वडा नम्बर ४ का अध्यक्ष सुरेश गौतमले बताउनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *