ताप्लेजुङका पहिरोपीडित विद्यालयमा - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

ताप्लेजुङका पहिरोपीडित विद्यालयमा


editor@sajhakura June 16, 2024

ताप्लेजुङको विभिन्न क्षेत्रमा गएको पहिरोका कारण दर्जनौँ परिवार विस्थापित भएका छन् । करिब एक सातादेखि परिरहेको अविरल वर्षाका कारण विस्थापित हुन पुगेका परिवारलाई अस्थायी रूपमा सामुदायिक विद्यालय र आफन्तको घरमा राखिएको छ ।
शनिबार बिहान गएको पहिरोले मिक्वाखोला गाउँपालिका– ५ पापुङमा तीन परिवार,पहिरोकै कारण सिरिजंघा गाउँपालिका– ६ मामाङ्खेम थत्रुवा टोलमा दुई दर्जन घर विस्थापित भएका छन् ।
सिरीजंघा– ७ खेबाङमा तीन घरपरिवार पहिरोमा परी विस्थापित बनेका छन् । विस्थापित परिवारका करिब सयजनालाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *