तामाङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै फोनिजको पाँचौं जिल्ला अधिवेशन सम्पन्न (फोटोफिचर सहित) - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

तामाङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै फोनिजको पाँचौं जिल्ला अधिवेशन सम्पन्न (फोटोफिचर सहित)


editor@sajhakura January 11, 2025

संखुवासभा पौष २७

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको पाँचौं जिल्ला अधिवेशन खाँदबारीमा सम्पन्न भएको छ । मेघराज तामाङ्गको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । समितिको उपाध्यक्षमा दृश्या दिब्या राई, सचिवमा सुरेन शाक्य, सहसचिवमा समिक्षा मगर, कोषाध्यक्षमा खेवाहाङ्ग मेवाहाङ्ग, र सदस्यहरुमा मोहन कुमार राई, प्रजिना शाक्य, साजन राई र जयकुमार राई सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
त्यसैगरि केन्द्रिय परिषद सदस्यहरुमा कृष्णराज शाक्य, दीपेन्द्र शाक्य र निलम श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छनभने प्रदेश परिषद सदस्यहरुमा नवीन गुरुङ्ग, सुजन बज्राचार्य, ध्यान कुलुङ्ग र अश्मि याख्खा सर्वसम्मत रुपमा चयन भएका छन् । निर्वाचित पदाधिकारी, कार्यसमिति, केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि खादामाला र प्रमाणपत्र प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघको कार्यालयमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना र प्रमाणपत्र बितरण कार्यक्रम आयोजना गरिएको थियो । खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव टकमान घले, नेकपा एमालेका संञ्चार तथा प्रचार प्रसार बिभाग संखुवासभाका प्रमुख नवीन दाहाल, नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिका सदस्य राजेन्द्र घले, नेपाल आदिबासी जनजाति महासंघ संखुवासभाका सचिव युवराज याम्फु, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिबासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको निर्वाचन समिति संयोजक कृष्णराज शाक्यले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिमा रहेर सहयोग गर्ने, निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्न सहयोग गर्ने सबै संचारकर्मीहरुलाई धन्यबाद प्रकट गर्दै नेपाल आदिबासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा संखुवासभा सक्रिय रुपमा आदिबासी जनजातिको भाषा, कला, संस्कार संस्कृतिको संरक्षण र प्रवर्धनमा जुट्नुपर्ने धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघले जिल्लाका संचारमाध्यम र संचारकर्मीको क्षमता अभिबृद्धिका लागि काम गरिरहेको अध्यक्ष शाक्यको भनाई थियो । जिल्लाका संचारमाध्यमहरु धरासायी अवस्थामा रहेकाले यसलाई बचाउन सबैतहका सरकार र संघसंस्थाहरुको सहयोग आवश्यक रहेको महासंघ अध्यक्ष शाक्यले बताए ।
कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले संचारमाध्यमको संस्थागत बिकास र यसको दिगोपनाका लागि बाणिज्य संघले पत्रकार महासंघसंग सहकार्यको निति लिनेसमेत अध्यक्ष बस्नेतको भनाई थियो । जिल्लामा संचालित बिभिन्न बिकास निर्माण योजना, प्राकृतिक श्रोत साधनमा आदिबासी जनजातिको हकअधिकार सुििनश्चितताको कुरा गरिएपनि त्यसो नगरिएकाले खवरदारिको भुमिकामा संचारकर्मीहरु लाग्न आवश्यक भएको अध्यक्ष बस्नेतको भनाई थियो ।
कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघका जिल्ला सचिव युवराज याम्फुले जिल्लाको प्राकृतिक श्रोत साधनको अत्याधिक दोहोन र स्थानीयमाथि बिकासे संघसंस्थाले गरेको वेवास्ता अन्तराष्ट्रिय श्रम संगठन आईएलओ १६९ को अवधारणा बिपरित भएको भन्दै आदिबासी जनजाति पत्रकार महासंघले यस्ताकुराहरुमा खवरदारि गर्नूपर्ने सुझाव दिएका थिए । कार्यक्रममा नेकपा एमाले संखुवासभाका प्रचार बिभाग प्रमुख नवीन दाहालले समाजमा अहिले भ्रष्टाचार र बेथितिको चाङ बढ्दैगएकाले सर्वसाधारणको मुद्धा ओझेलमा परेको भन्दै गाउँघरमा भएका बिकास निर्माण र प्राकृतिक श्रोतसाधनको समुचित बाँडफाँडका बिषयमा बिषेस ध्यान पुर्याउन आग्रह गरे । उनले अहिले जिल्लाका धेरै संचारमाध्यमहरु आर्थिक संकटमा रहेकाले लोकतन्त्र प्राप्ती र मानव अधिकारका क्षेत्रमा योगदान पुर्याएका संचारमाध्यमको संरक्षण र दिगोपनामा स्थानीय सरकारहरुले बिषेस जोड दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमिति सदस्य राजेन्द्र घलेले संचारमाध्यमको संरक्षण र संचारकर्मीको क्षमता अभिबृद्धिमा स्थानीय सरकारहरु थप जिम्मेवार र सहयोगि भुमिकामा देखिनुपर्ने बताएका थिए । सुचना र संचार बिहिन समाजको परिकल्पना गर्न नसकिने भन्दै प्रदेश सदस्य घलेले लोकतन्त्रको अनुभुति दिलाउन सत्यतत्थ्यमा आधारित सुचना संम्प्रेषणमा जुटिरहेका संचारमाध्यम र यसमा आवद्ध संचारकर्मीको भबिश्य अन्यौलमा पर्नू दुखद भएको प्रशंग उठाएका थिए ।
कार्यक्रममा बिशिष्ठ अतिथी नेपाली काँग्रेसका जिल्ला सचिव टकमान घलेले आदिबासी जनजाति पत्रकार महासंघले आदिबासिको हक अधिकार उनिहरुको जिवनशैली, उनिहरुले उठाएका बिकासका मुद्धामा बढि जोड दिन आग्रहगर्दै जिल्लाका संचारमाध्यमको प्रवर्धनका लागि दलहरु समेत सहयोगी भुमिकामा रहने प्रतिवद्धता जनाएका थिए ।
सरकारको चौथो अंगका रुपमा संबिधानले समेत ब्याख्खा गरेको संचारमाध्यमहरु संकटमा पर्नूभनेको लोकतन्त्रीक बिधि पद्धति समेत संकटमा पर्नू हो भन्दै संचारमाध्यमहरु जिम्मेवारीका साथ समुदायमा पुग्न आवश्यक रहेको जिल्ला सचिव घलेको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले अहिले पनि संचारक्षेत्रको बिकासका लागि सबैपक्षको सहयोग जुट्ने अवस्था रहेको भन्दै पत्रकारको हितका लागि सबैपक्षबाट सहयोग गर्न खाँदबारी नगरपालिका तैयार रहेको बताए । आफुले संचारमाध्यमको महत्व र पिंडा दुवै पक्ष बुझेकाले सामाजिक साँस्कृतिक रुपमा अत्यन्तै सम्पन्न आदिबासी जनजातिका कला, भाषा, धर्म संस्कार संस्कृति र उनिहरुको सशक्तिकरणका लागि खाँदबारी नगरपालिकाले बिभिन्न कार्यक्रमहरुमार्फत सहयोग पुर्याईरहेकोमा जोड दिएका थिए ।
फोटो फिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *