तीनपोखरी कप फुटबल : मोरङ र झापा सोमिफाइनलमा प्रवेश पाैष २७ - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

तीनपोखरी कप फुटबल : मोरङ र झापा सोमिफाइनलमा प्रवेश पाैष २७


editor@sajhakura January 11, 2025

सङ्खुवासभाको खाँदबारीमा जारी “तीनपोखरी कप” आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा मोरङ र झापा प्रवेश गरेका छन्। शनिबार भएको खेलमा बुल्स–११ फुटबल क्लब मोरङ र चुलाचुली स्पोटिङ क्लब झापाले सेमिफाइनलको यात्रा तय गरेको छ। 
सित्तलपाटी फुटबल सङ्खुवासभालाई २–१ गोल अन्तरले बुल्स–११ ले पराजित गरेको हो। पहिलो हाफको ३० औं मिनेटमा सित्तलपाटीका विजय धिमालले १ गोल गरेका थिए। खेलाको दोस्रो हाफको ७ औं मिनेटमा बुल्स–११ का रोसनकुमार माझी र ३० औं मिनेटमा निस्चल खड्काले गोल गर्दै बुल्स–११ लाई विजयी गराएका हुन्। बुल्स–११ माझीले पेनाल्टी मार्फत गोल गरेका थिए। 
त्यसैगरी दोस्रो खेलमा चुलाचुली स्पोटिङ क्लब झापाले २–१ गोल अन्तरले एडभान्स क्लब मानेभञ्ज्याङलाई पराजित गरेको छ। खेलको पहिलो हाफको ३ औं मिनेटमा एडभान्सका बसन्त ओझाले गोल गरेका थिए। चुलाचुलीका तीर्थ बस्नेतले पहिलो हाफको ३० औं मिनेटमा पेनाल्टी मार्फत १ गोल गरे। बस्नेतले नै दोस्रो हाफको ११ मिनेटमा निर्णायक १ गोल गर्दै चुलाचुलीलाई विजयी गराएका हुन्। 
प्रतियोगिताको सेमिफाइनलमा एपिएफ फुटबल क्बल पकली कोशी प्रदेश र आयोजक तीन पोखरी समाज विकास क्लब प्रवेश गरि सकेका छन्। आइतबार आयोजक तीनपोखरी र बुल्स–११ विच सेमिफाइनलको प्रतियोगिता हुने आयोजक तीनपोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईले जानकारी गराए। प्रतियोगिता खाँदबारी रङ्गशालामा सञ्चालन भइरहेको छ। 
अरुण शन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *