तीनपोखरी फुटबल कप : इटहरी, भंसाबारी र एपिएफ सेमिफाइनलमा - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

तीनपोखरी फुटबल कप : इटहरी, भंसाबारी र एपिएफ सेमिफाइनलमा


editor@sajhakura January 13, 2024

नवीन गुरुङ

संखुवासभामा जारी प्रथम तीनपोखरी फुटबल कप प्रतियोगितामा इटहरी, भंसाबारी र एपिएफ गरी तीन टिम सेमिफाइनल प्रवेश गरेका छन्।

शनिबार तीनवटा खेल भएका थिए। जसमा पहिलो खेल मकालु फ्रेन्ड्स र भंसाबारी मोरङबीच प्रतिस्पर्धा भएको थियो। दुवै टिमले निर्धारित समयमा बराबर खेले पनि टाइब्रेकरमा ३–१ गोल अन्तरले भंसाबारी मोरङ सेमिफाइनल प्रवेश गरेको हो।

दोस्रो खेल खाँदबारी युथ क्लब र इटहरी फुटबल क्लबबीच भएको थियो। इटहरी क्लबले १–० गोलले विजयी हुँदै सेमिफाइनल पुगेको हो। त्यसैगरी, आजै एपिएफ पकली कोशी प्रदेश र तुम्लिङटार फुटबल क्लबबीच तेस्रो खेल भएको थियो। दुवै टिमले निर्धारित समयमा १–१ गोलको बराबर खेलेपछि खेल टाइब्रेकरमा गयो। टाइब्रेकरमा १०–९ गोल अन्तरले एपिएफ पकली कोशी प्रदेश सेमिफाइनल प्रवेश गरेको हो।

आइतबार शीतलपाटी एफसी र इटहरी क्लबबीच तथा भंसाबारी र एपिएफ पकली कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। जित्ने टिम फाइनलमा लड्नेछ भने हारेका दुई टिमले सेमिफाइनलमा नै चित्त बुझाएर फर्किनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *