तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई २० लाख सहयोग - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई २० लाख सहयोग


editor@sajhakura November 6, 2024

संखुवासभा, कार्तिक २१

नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई दाताहरुले पुन २० लाख नगद सहयोग उपलब्ध गराएका छन् । नेपाल नेत्र ज्योती संघद्वारा खांदबारीमा संचालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई जग्गा दाता मनोज श्रेष्ठ र लिला श्रेष्ठका छोरा बुहारीहरु शिसिर÷करिना समनामे श्रेष्ठ र सरद÷ प्रेरणा शिंह श्रेष्ठले
हिजो एक कार्यक्रम बिच २० लाख नगद सहयोग गरेका छन् ।
यस अघि केहि महिना अघि मनोज श्रेष्ठ सोहन श्रेष्ठ लगायतका दाताका परिवारका सदस्यहरुले उपचार केन्द्रलाई ५० लाख सहयोग उपलब्ध गराएका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले दाताहरुको सहयोगको सहि सदुपयोग हुँदै आएको बिश्वास ब्यक्त गर्नूभएको थियो ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्तकुमार गौलीले आँखा उपचार केन्द्रको स्थापना देखि उचित ब्यवस्थापन सम्म भौतिक तथा आर्थिक रुपमा निरन्तर सहयोग गर्दैआएकोमा दाता र सिंगो परिवारलाई धन्यबाद ज्ञापन गरेका थिए । दाता परिवारको तर्फबाट आफ्नो धारणा राख्दै तेजरत्न आँखा तथा कान उपचार केन्द्रका दाता परिवारका सदस्य मनोज श्रेष्ठले आफ्नो सिंगो परिवारको भावना जोडिएको आँखा तथा कान उपचार केन्द्रलाई आफ्नो र परिवारको तर्फबाट सँधै सहयोग उपलब्ध हुने धारणा राखेका थिए ।

कार्यक्रममा उनले जिल्लाबासिहरुले सहज रुपमा आँखा उपचारको सेवा सुलभ ढंगबाट सहज रुपले पाउन सकोस भन्ने आफुहरुको एकमात्र उदेश्य रहेको प्रष्ट्याएका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्वागत मन्तब्य प्रकट गर्दै संस्थाका उपाध्यक्ष तथा खाँदबारी एफएमका निवर्तमान अध्यक्ष युवराज शाक्यले श्रेष्ठ परिवारले आँखा अस्पतालका लागि गरेको निश्वार्थ सहयोग जिल्ला र छिमेकी जिल्ला समेतका आँखा रोगिहरुका लागि बरदान साबित हुँदै गएको भन्दै दाताहरुलाई धन्यबाद प्रकट गरेका थिए ।

नेपाल नेत्रज्योति संघ कोशीप्रदेशका अध्यक्ष श्यामसुन्दर उदासले तेजरत्न आँखा तथा कान उपचार केन्द्र स्थापना गरि उपचार केन्द्रलाई पुर्वकै एक उत्कृष्ट आँखा उपचार केन्द्रका रुपमा स्थापित गर्न श्रेष्ठ परिवारको महत्वपुर्ण योगदान रहेकोमा जोड दिएका थिए । उनले संखुवासभा जिल्लाबासिलाई मात्र नभई सिंगो पुर्वी पहाडी जिल्लाका आँखारोगिहरुलाई उपचार केन्द्रले महत्वपुर्ण सेवा पुर्याउँदै आएको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *