तेजरत्न आँखा तथा कान उपचार केन्द्रद्वारा स्थानीय दाता परिवारलाई सम्मान - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

तेजरत्न आँखा तथा कान उपचार केन्द्रद्वारा स्थानीय दाता परिवारलाई सम्मान


editor@sajhakura September 22, 2024

संखुवासभाकाे खाँदबारीमा रहेकाे तेजरत्न आँखा तथा कान उपचार केन्द्रले स्थानीय दाता परिवारलाई विशेष कार्यक्रमका साथ सम्मान गरेकाे छ ।
तेजरत्न स्मृति प्रतिष्ठानका अध्यक्ष साेहन श्रेष्ठ र संरक्षक प्रेम चन्द्र श्रेष्ठ, सह संरक्षक हरिबहादुर श्रेष्ठ लगायतका परिवारले तेजरत्न अाखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्त कुमार गाैली संस्थापक अध्यक्ष तथा नेपाल नेत्रज्याेति संघ काेशी प्रदेसका अध्यक्ष श्यामसुन्दर उदासलाई रु ५० लाखकाे चेक हस्तान्तरण गरेका थिए ।

वहाँहरुले आखा अस्पताल संचालनका लागि रु ५० लाखकाे अक्षयकाेस स्थापना गर्नुभएकामा तेजरत्न अाखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्त कुमार गाैली संस्थापक अध्यक्ष तथा नेपाल नेत्रज्याेति संघ काेशी प्रदेसका अध्यक्ष श्यामसुन्दर उदासले धन्यबाद सहित वहाँका परिवारले बिगतदेखि नै गर्नुभएकाे सहयाेगकाे प्रशंसा गर्नुभएकाे थियाे ।

तेजरत्न आँखा तथा कान उपचार केन्द्रका सचिब कृष्ण बहादुर अधिकारीले संचालन गर्नुभएकाे दाता सम्मान कार्यक्रमलाई नेपाली काँग्रेसका पुर्ब सभापति दिपन कुमार श्रेष्ठ, जिल्ला सचिब टकमान घले, नेकपा एमालेका युवा नेता लेखनाथ बुढाथाेकी, नेपाल नेत्रज्याेति संघ खाेटाङ्का सभापति ईन्द्र कसजु, ताप्लेजुङका सभापति राजकुमार गुरुङ धनकुटाका जिल्ला सभापति राेसेस श्रेष्ठ भाेजपुरका प्रतिनिधि सारदा बम्जनलगायतले दाता परिवारलाई धन्यबाद प्रकट गर्दै अन्धाेपना हटाउन वहाहरुले पुर्याउनु भएकाे याेगदानकाे खुलेर प्रशंसा गर्नुभएकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *