सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान अघि बढाईएकोमा बिरोध जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारेका छन् ।
विमानस्थल भन्सारमा समातिएको तस्करीले ६० केजी सुन प्रकरणमा भन्सारमा कार्यरत कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरूले सेवा ठप्प पारेको जनाईएको छ ।
सुन तस्करीको अनुसन्धानको क्रममा आफ्ना सहकर्मिहरुमाथि प्रहरीले अन्धाधुन्दमा आरोप, पक्राउ र धरपकड शुरु गरेको उनीहरूको आरोप छ । ईमान्दारितापुर्वक काम गरिरहेका सहकर्मि कर्मचारिहरुमाथि अनुशन्धानका नाममा मानमर्दन गर्ने र अपराधि सरह आफुहरुलाई दुरब्यवहार गरिएको उनिहरुको भनाई छ ।
६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा जुटिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अहिलेसम्म भन्सारमा कार्यरत ६ जना कर्मचारिलाई पक्राउ गरि अनुशन्धान र थप बयान लिईरहेको बताईएको छ ।
