त्रिभुवन विमानस्थलबाट प्रहरी पक्राउ - साझाकुरा
शुक्रबार, साउन ४, २०८१

त्रिभुवन विमानस्थलबाट प्रहरी पक्राउ


editor@sajhakura November 1, 2023

नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरेको हो ।

तामाङले सेटिङमा जाने व्यक्तिहरुलाई विमानस्थलको जाँच पार गराउन भूमिका खेल्ने गरेको आरोप लागेको छ । नक्कली शैक्षिक प्रमाणको आधारमा रकम असुली गरेर विदेश पठाउन खोजेको विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीले यस अघि उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरेको थियो। उनको बयानका आधारमा प्रहरी जवान जीवराजको संलग्नता खुलेपछि पक्राउ गरिएको कार्यालयले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रहरी परिसर, टेकु पठाएको पनि कार्यालयले जनाएको ईमेज खबरले समचार प्रकाशन गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *