असार २९
शुक्रबार त्रिशूलीमा खसेकाे बसमा सवार एक जना यात्रुको शव फेला परेकाे छ । चितवनको भरतपुर महानगरपालिका– २८ गोलाघाटको नारायणी नदी किनारमा भारतीय नागरिक ऋषिपाल साहको शव भेटिएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जनाए ।
त्रिशुलीमा बस खसेको ठाउँबाट करिब ५० किलोमिटर तल आधा शरीर बालुवामा पुरिएको अवस्थामा उनकाे शव भेटिएका रिजालले बताए । मृतक शाह अस्ति रौतहटको गौर जानको लागि काठमाण्डौको जोरपाटीबाट गणपति डिलक्सको बस चढेका थिए । भेटिएको शवलाई उनकै भाइ लगायतका आफन्तले आजै सनाखत गरिसकेका छन् ।
मुग्लिन–नारायणघाट सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो बिहान भएकाे दुर्घटनामा कम्तिमा ४८ जना यात्रु बेपत्ता भएका छन् । उनिहरुकाे खाेजि कार्य भैरहेकाे छ ।