थाईल्याण्डमा प्रधानमन्त्री स्रेथा नेतृत्वको नयाँ मन्त्रिमण्डल - साझाकुरा
शुक्रबार, साउन ४, २०८१

थाईल्याण्डमा प्रधानमन्त्री स्रेथा नेतृत्वको नयाँ मन्त्रिमण्डल


admin September 3, 2023

थाईल्याण्डमा स्रेथा थाभिसिन नेतृत्वको नयाँ मन्त्रिमण्डल गठन भएको छ । त्यहाँका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गरेपनि नयाँ नेतृत्वको मन्त्रिमण्डल अनुमोदित भएको हो । । राजा महा वजिरालोङकोर्नले ६ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गर्ने निर्णयलाई अनुमोदन गरेको राजपत्रमा प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।
गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले रक्षा, अर्थ, यातायात, वाणिज्य, जनस्वास्थ्य र विदेश मामिलालगायत १० वटा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेको छ भने गठबन्धनका साझेदार भुमजैथाई पार्टीले गृह, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी लिने सहमति गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
थाइल्यान्डको संविधानअनुसार मन्त्रिपरिषद्का नयाँ सदस्यले राजासमक्ष निष्ठाको शपथ लिनुपर्छ र पदभार ग्रहण गर्नुअघि संसदमा नीतिगत वक्तव्य दिने परंम्परा रहि आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *