दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियारद्वारा १ सय ८७ विरुद्ध मुद्दा दायर - साझाकुरा
शुक्रबार, अशोज १८, २०८१

दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियारद्वारा १ सय ८७ विरुद्ध मुद्दा दायर


editor@sajhakura February 26, 2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा एक सय ८७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । यस काण्डलाई झापा जिल्लाको बालुवाटार काण्डका नामले समेत चिचिन थालेको छ ।
जग्गा ब्यक्तिको नाममा सार्न भुमिका खेलेको आरोपमा नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित एक सय ८७ जनाविरुद्ध आईतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रवक्ता नरहरि घिमिरले बताए ।

दमक नगरपालिकाको वडा नम्बर १३ र १४ कायम रहेको बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फका जग्गा तथा साविक दमक–६ (ग) र दमक–५ (ख) बीचको सार्वजनिक जग्गा विभिन्न व्यक्तिको नाममा गरिएको अख्तियारको दाबी छ । तीन सय ८४ रोपनी आठ आना एक दाम रहेको ती जग्गा व्यक्तिका नाममा दर्ता कायम गरेको र जग्गाको न्यूनतम मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार आठ सय रुपैयाँ हुन आउने देखिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *