दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह


editor@sajhakura October 22, 2023

६ दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह

बिहान धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि पटक-पटक परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो भूकम्पपछि लगातारजसो परकम्प गइरहेका छन् । थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन  उहाँको आग्रह छ ।

भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न उहाँको अनुरोध छ ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पका कारण क्षति भए नभएकाेबारे विवरण आउन बाँकी छ ।

यसअघि गएको असाेज महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक-पटक भूकम्प गएको थियो  । गएको २ गते राति बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसैगरी, असोज १६ गते  ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसपछि बझाङमा लगातारजसो साना र मध्यम भूकम्प र परकम्प गइरहेको बेला धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।  

नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिममा छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स–साना भूकम्प गइरहेका छन् ।  

उज्यालाे अनलाईनमा याे समचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *