काठमाण्डौको चन्द्रागिरि नगरपालिका–४ मा निजि कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकाे छ । दुर्घटनामा एक जना घाइते भएका छन् । काठमाण्डौबाट चित्लाङतर्फ जाँदैगरेकाे प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट करिब छ सय मिटर मुनि खस्दा पाँच जनाको मृत्यु भएकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।
दुर्घटनामा काठमाण्डौको मैतिदेवी बस्ने वर्ष ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाट बस्दै आएका डाक्टर महेशकुमार गौतम, ६ वर्षीया स्मारिका गौतम र ४ वर्षका प्रियान्स गौतमको मृत्यु भएकाे प्रहरीकाे भनाई छ ।
कार दुुर्घटनामा परि ज्यान गुमाएकी ६ वर्षीया स्मारिका गौतमकी आमा डा सृष्टि तिवारी सामान्य घाइते हुनुभएको प्रहरीले जानकारी दिएकाे छ ।
यसैबिच ढोरपाटन बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य नाै जना घाईते भएकाे प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । हिजाे राति दाङमा भएकाे बस दुर्घटनामा १२ जनाकाे ज्यान गएकाे थियाे ।