दाहालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न - साझाकुरा
बिहिबार, असार २६, २०८२

दाहालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न


editor@sajhakura January 7, 2025

राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न भएको छ ।
तदर्थ समितिका सभापति नवीन दाहालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य रमेश आचार्य बिशिष्ठ अतिथीहरुमा कोशीप्रदेश लोक दोहोरी प्रतिष्ठानका संयोजक रोम घिमिरे, प्रतिष्ठानका कोशी प्रदेश सचिव सुशिल भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कृष्णराज शाक्य लगायत जिल्लाका लोक संगितको क्षेत्रमा कृयाशिल गायक सर्जक र श्रष्टाहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक दोहारी प्रतिष्ठानका केन्द्रिय सदस्य रमेश आचार्यले अहिले लोकदोहारी गायक र सर्जकहरुमाथी अन्य पश्चिमा शैलिहरुको प्रहार बढ्दै गएको भन्दै लोक दोहोरी नेपाली मौलिक समाजको चित्रण भएकाले लोक गित र लोक संगितको संरक्षण र प्रवर्धनका लागि सबै पक्षको सहयोग आवश्यक भएकोमा जोड दिनुभएको थियो ।
पछिल्लो समय लोक संगितमा उछ्रिङ्खलता बढ्दै जाँदा प्रतिष्ठानले त्यसमा देखिएका बिकृति र बिसंगति रोक्न गायक र कलाकारहरुलाई कार्वाहिको निति लिँदै आएको बताउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले लोकसंगित हाम्रो सामाजिक जिवनको अभिन्न अंङ्ग भएकाले यो क्षेत्रमा समर्पित गायक तथा कलाकारहरुको जिवीकोपार्जन र र लोकसंगितको संरक्षणका लागि स्थानीय सरकार र संघसंस्थाहरुले यो क्षेत्रलाई थप योगदान दिन आवश्यक भएकोमा जोड दिनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष नवीन दाहालले लोक गित र लोकसंगितमाथीको पश्चिमे प्रभाव र कतिपय यस क्षेत्रमा देखिएको उछ्रिङ्खलताका कारण पनि लोकसंगित धरासायी बन्दै गएको बताउनु भएको थियो ।
खुल्ला सत्र पछिको सम्पन्न अधिवेशनले लोक गायक नवीन दाहालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा सुमन राई दितिय उपाध्यक्षमा होम बहादुर राई (साजन), महिला उपाध्यक्षमा ईन्द्रा गुरुङ्ग, सचिवमा अनुप चापागाई, कोषध्यक्षमा सुर्य कोरंङ्गी(रीता) सहसचिवमा सुरेन शाक्य, सहकोषाध्यक्षमा आसा राई र सदस्यहरुमा खेमराज गुरागाई, तिर्थराज पन्त, संयोगान्त कुलुङ्ग, ईन्द्र चापागाईं, दुर्गामणी तामाङ्ग,सचिन महरा र एलिशा याम्फुराईलाई चयन गरेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान संखुवासभाका अध्यक्ष नवीन दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *