दाेलखामा थप ३ किलो सुनसहित १ जना पक्राउ - साझाकुरा
शनिबार, असार ३०, २०८१

दाेलखामा थप ३ किलो सुनसहित १ जना पक्राउ


editor@sajhakura September 29, 2023

दाेलखामा थप तीन किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
अस्ति बुधवार राति मात्रै दोलखाको सिङ्गटीबाट चार किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि आज फेरि थप तीन किलो सुन बरामद भएको हो ।

चीनबाट तस्करी गरेर ल्याउँदै गरेको तीन किलो सुनसहित आज जामुनेमा केशर तामाङ पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले जनाएको छ । चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने प्रहरीकाे अनुमान छ ।

अहिलेसम्म तस्करले ल्याएको सात किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । सुन तस्करीको आरोपमा अहिलेसम्म पाँच जना एकै गाउँका पक्राउ परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *