दियाे बाल्दा एक घरमा आगलागी - साझाकुरा

दियाे बाल्दा एक घरमा आगलागी


editor@sajhakura November 13, 2023

२७ कार्तिक २०८०, सोमबार
संखुवासभाको खाँदबारी १ स्थित नेपाली सेनाका ब्यारेक नजिकै एक घरमा आगलागि हुँदा एक परिवार बिचल्लिमा परेकाे छ ।

राति करिब पाैने १२ बजेतिर शुकमाया राईको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट हुँदा परिवार बिचल्लिमा परेकाे हाे ।
लक्ष्मी पुजाकाे दियाेबाट आगलागि भएकाे प्रारंभिक अनुमान गरिएकाे जिल्ला प्रहरीले जनाएको छ ।
आगो फैलिसकेपछि मात्र थाहा पाएकोले कुनै पनि सामान निकाल्न नभ्याईएकाे परिवारिक श्रोतले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयकाे सहयाेगमा आगाे नियन्त्रण गरिएकाले ठुलाे क्षति हुन नपाएकाे स्थानीय हरि श्रेष्ठले बताए । बाक्लाे बजारमा आगलागि भएपनि नेपाली सेना, प्रहरी र स्थानीयकाे सक्रियताले ठुलाे क्षति टरेकाे उनकाे भनाई छ । आगलागि नियन्त्रणका लागि खाँदबारी नगरपालिकाले दमकलकाे ब्यवस्थापन गरेपनि समयमा पुग्न नसकेकाे र दमकलमा प्रसस्त पानी नल्याईएकाे भन्दै स्थानीय आक्राेशित बनेका छन् ।
बजार क्षेत्रमा अधिकांश घरहरु कच्चि र काठपातबाट बनेकाे हुनाले आगलागिकाे उच्च जाेखिम रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *