७ मंसिर
बिहिबार रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुन बरामद गरिएको ब्यक्ति भरिया मात्र रहेको प्रहरीले जनाएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–३ का ३४ वर्षीय कर्मा सोनाम लामालाई हिजो बिहीबार साँझ दुई केजी सुन सहित प्रहरीले पक्राउ गरेको थियो। थप अनुशन्धानका क्रममा उनि भरियामात्रै भएको पाईएको प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले जानकारी दिए ।
पक्राउ परेका लामाले चिनियाँ नागरिकले पठाएको सुन नाका कटाउने जिम्मा लिएको प्रहरीको भनाई छ ।
बिहिबार साँझ कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा लामालाई पक्राउ गरिएको थियो । उनको साथबाट प्रहरीले जुत्ताको सोलमा लुकाईएको दुई केजी सुन बरामद गरेको थियो ।