दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति - साझाकुरा
शुक्रबार, फाल्गुन २, २०८१

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति


editor@sajhakura September 22, 2024

असाेज ६

विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो ।

भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर, अदालतले तीन दिनलाई मात्र अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *