दुर्गा मूर्ति विसर्जनमा गएका दुई जनाको डुबेर ज्यान गयाे , एक जना बेपत्ता - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

दुर्गा मूर्ति विसर्जनमा गएका दुई जनाको डुबेर ज्यान गयाे , एक जना बेपत्ता


editor@sajhakura October 25, 2023

रुपन्देही  – दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर ज्यान गएको छ ।ज्यान जानेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

त्यसै ठाउँका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताउनुभयो । बेपत्ता सन्तकुमारको खोजी भैरहेको उहाँले बताउनुभयो । रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ ।
उज्यालाे अनलाईनमा याे खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *