असार २२
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा रहेको डोडाङमा बाढीमा परि स्थानीय ६४ वर्षीया जाङ्मु शेर्पा बेपत्ता भएकी छिन भने तीन वटा घर पहिरोमा बगेका छन् ।
शुक्रबार राति रोल्वालिङ खोलामा आएको बाढिमा परि रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गरिरहेकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले जनाए ।
छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पाले करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय संचालन गर्दै आएकी थिइन् । उनको खोजि भैरहेको प्रहरीले जनाएको छ ।