धनकुटा १० मा बिहिबार बिहान आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन। कमला नेपाल मोक्तानको घरबाट बिहान १०:३० बजे आगो सल्किएको ईलाका प्रहरी कार्यालय पाख्रिवासका ईन्चार्ज नारायण भट्टराईले जनाए ।
आगलागीबाट मेहरमान मोक्तानको २ घर सहित किराना पसल समेत जलेकाे छ । आगलागीबाट ३० लाख बढिकाे क्षति पुगेको प्रहरिकाे भनाई छ ।
