धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो - साझाकुरा

धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो


editor@sajhakura July 4, 2024

असार २०

धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० देखि १२ वर्ष उमेरका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।

आज दिउँसो नुहाउने क्रममा धनौजी गाउँपालिका–५ बहुअर्वामा रहेको सार्वजनिक पोखरीमा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

बालिकाहरू पोखरीमा डुबेको देखेपछि स्थानीयवासीले तत्कालै उद्धारको प्रयास गरे पनि सफल हुन सकेन । ज्यान गुमाएका उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।
श्राेत:उज्यालाे अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *